आयोगले टुंग्यायो समानुपातिकतर्फका ११० सांसद, चैत ५ मा प्रमाणपत्र दिने



काठमाडौं, २ चैत्र । निर्वाचन आयोगले समानुपातिकतर्फ ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरेको छ ।

जसअनुसार रास्वपाबाट ५७ जना, कांग्रेसबाट २० जना, एमालेबाट १६ जना, नेकपाबाट ९जना, श्रम संस्कृति पार्टीबाट ४ जना र राप्रपाबाट ४ जना गरी ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरिएको छ ।

दलहरुले आफूले पाएको सिट संख्याअनुसार हिजो निर्धारित समयमा नै आयोगमा पार्टीको तर्फबाट नाम बुझाएका थिए । त्यसको आधारमा आयोगले आज उम्मेदवार निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।

आयोगले चैत ५ मा प्रमाणपत्र दिइने जनाएको हो । सो दिन बिहान ११: ३० बजे आयोगको परिसरमा प्रमाणपत्र प्रदान गरिने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २, २०८२ सोमबार  ७ : २७ बजे