काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।
उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ भएको थियो।
सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो।
सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको छ। सुनुवाइ आजपनि निरन्तर हुने भएको छ।














