काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम शुरु भएको छ ।
दुई दिने अभिमुखीकरण कार्यक्रल ललितपुरमा मंगलवारदेखि शुरु भएको हो ।
अभिमुखीकरण कार्यक्रमको पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गरेका छन् । कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरु सहभागी रहेका छन् ।
रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२ सिट जितेको थियो ।














