काठमाडौं । गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलब नखाने बताएका छन्।
रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै गुरूङले तलब नखाने बताएका हुन्।
“तलब–भत्ता, सुविधा केही लिन्नँ । सरकारी गाडी पनि चढ्दिनँ,” उनले भने, “आफ्नै गाडी छ, त्यही चढ्छु । सक्षम छौँ, किन लिनुपर्यो? ”
उनले गाडी आफ्नै भएकाले गाडी पनि सरकारी नचढ्ने बताएका हुन्।














