काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा चुनावी समीक्षाका साथसाथै समसामियक विषयमा कुराकानी हुने बताइएको छ ।














