लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित, पहिलो दिनका दुवै खेल वर्षाका कारण रद्द



जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज शनिबार का निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ । यस दिन प्रतियोगिताको उद्घाटन खेल धनुषाको जनकपुरधाममा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने तय थियो ।

मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्पन्न भएपनि लगातारको वर्षाका कारण खेल रद्द गरिएको छ ।

भने अझै सुरु हुन सकेको छैन । दुबै टिमका खेलाडिहरु मैदानमा निर्मित टेन्टमा बसेर वर्षा रुक्ने पर्खाइमा रहेका छन् । तर मौसम विभागको प्रक्षेपन हेर्दा बेलुकासम्म वर्षा रुक्ने सम्भावना कम देखिएको छ ।

क्यानका पदाधिकारीसहित मधेश प्रदेशका क्रिकेट एशोसिएसनका पदाधिकारीहरु मैदानमै लामो समय मैदानमै बसिरहेका थिए । वर्षाले दुवै खेल रद्द भएपछि चारै टिमले एकरएक अंक पाएका छन् ।

प्रकाशित मिति : चैत्र ७, २०८२ शनिबार  ४ : ०३ बजे