संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

फागुन २१ को निर्वाचन दुई तिहाइ नजिक १८२ सिट ल्याएर सरकार गठनको तयारीमा रहेको रास्वपाले पर्सी चैत १२ मा गते अपराह्न ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्ने रहेको छ। हालै सम्पन्न आम निर्वाचनमा रास्वपा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेसँगै संसदीय दलको नेता चयन प्रक्रियालाई विशेष महत्त्वका साथ हेरिएको छ।

पार्टी स्रोतका अनुसार यस बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने सहमतिलाई औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : चैत्र १०, २०८२ मंगलबार  १० : १८ बजे