कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि-चन्द्रका विद्यार्थी आन्दोलित



काठमाडौं । ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रि–चन्द्र बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार क्याम्पस प्राङ्गणमा विरोध तथा खबरदारी कार्यक्रम गरिएको हो ।

‘जेन–जी’ आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार भन्ने मुख्य नाराका साथ विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आन्दोलनका क्रममा भएका घटनाहरू र त्यसको छानबिनका लागि गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै विद्यार्थी आक्रोशित छन् ।

प्रकाशित मिति : चैत्र १०, २०८२ मंगलबार  १२ : ३० बजे