कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि सुरु भएको हो ।

केही दिन यता जारी बैठकमा पुरानै एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।

सभापति गगनकुमार थापाले आगामी भदौको अन्तिम साता १५औँ महाअधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि सोही विषयमा केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

प्रकाशित मिति : चैत्र ११, २०८२ बुधबार  १२ : २२ बजे