देउवाको बयान–मेरो निवासमा रकम भेटिएको भिडियो एआईबाट बनाईएको हो



काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा भेटिएको रकम एआईले बनाएको बताएका छन् ।

जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित कार्की आयोगलाई दिएको बयानमा पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् ।

देउवाले भनेका छन्–नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिणाम थिएन । सामाजिक सञ्जालको विवरण एआई जेनेरेटेड हुनुपर्छ । सो सम्बन्धमा कुनै पनि प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन ।”

जनआस्थाले सार्बजनिक गरेको प्रतिवेदनमा देउवाले गरेको दाबि बारे उल्लेख छ ।

प्रकाशित मिति : चैत्र ११, २०८२ बुधबार  ५ : २४ बजे