काठमाडौं, १२ चैत्र । रास्वपाका संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन शाहले नयाँ गीत “जय महाकाली” सार्वजनिक गरेका छन् । गीत शाहको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
गीतको भिडिओमा चुनावी प्रचारप्रसारका क्रममा आफू गएका जिल्लाका भिडिओ समावेश गरिएको छ । गीतको र्याप, लिरिक्स र कम्पोज सबै बालेन शाहको नै रहेको छ ।
गीत र भिडिओ राष्ट्रिय भावनाले ओतप्रोत रहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त हुने अघिल्लो दिन बालेनले र्याप सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बरिष्ठ नेता बालेन्द्र शाह चयन भईसकेका छन् ।
रास्वपाको आज बसेको बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेतामा चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको हो ।
उनले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिँदै छन् ।














