रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो



काठमाडौं। पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हिजो पक्राउ गरेका लेखकलाई भर्खरै अदालतमा उपस्थित गराइएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित आरोपमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई शनिबार पक्राउ गरिएको हो।

आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  ११ : ०० बजे