ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी



काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ ।

शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको मुटुको चाल बढेपछि उनलाई अस्पतालको भिआईपी कक्षमा राखेर उपचार गराईएको छ ।

चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  १२ : १२ बजे