ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग



काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा पहिलोपटक पेश गरिएका उनीहरूमाथि अनुसन्धान गर्न १० दिन माग गरेको हो।

ओली र लेखकलाई म्याद थपको निम्ति आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  १ : ४० बजे