पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं, १५ चैत्र । पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई आज विहान पक्राउ गरेको हो ।

सिआईबीले खड्कासँग बयानसमेत लिन सुरु गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  ८ : ११ बजे