ओलीलाई थुनामुक्त गर्न अदालतको अस्वीकार,कारण देखाऊ आदेश जारी



काठमाडौं, १६ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै श्रीमती राधिका शाक्यले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै ओलीलाई छोड्न अस्वीकार गरेको छ। ओलीकी पत्नी शाक्यले थुनामुक्त गर्न दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको हो ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।

हिजो जिल्ला अदालतले ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

ओलीलाई स्वास्थ्यको कारण यतिवेला त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । अदालतले उनको स्वास्थ्यको राम्रो उपचार गर्नु पनि भनेको छ ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  ६ : ४८ बजे