काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ



काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी ‘सीडीओ’ छवि रिजाल पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व सीडीओ रिजाललाई आज मंगलबार सुविधानगरबाट पक्राउ गरेको हो ।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।

उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

प्रकाशित मिति : चैत्र १७, २०८२ मंगलबार  ८ : १८ बजे