संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक



काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ ।

राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।

बैठक बुधबार दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाएको हो ।

प्रकाशित मिति : चैत्र १७, २०८२ मंगलबार  ११ : ५५ बजे