काठमाडौं, १७ चैत्र । जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी ९सिडिओ० छवि रिजाललाई हाजिरी जमानीमा रिहा भएका छन् ।
सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज विहानमात्रै काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सिडिओको जिम्मेवारीमा थिए ।














