काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ ।
पार्टी मुख्यालय च्यासलमा बैठक शुरु भएको हो ।
राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।
त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भुमिकाको विषयमा पनि छलफल हुनेछ ।














