काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको विरोध गरेको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । एमालेले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको विरोध गर्दै एमालेले सो निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयले स्वतन्त्र प्रेसको भुमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै त्यसको समेत भत्र्सना गरिएको छ ।
तेस्तै एमालेले पार्टीको नेता–कार्यकर्ता तथा विशेषगरी महिलाहरुविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ।बैठकको निर्णय सुनाउँदै सचिव लेखराज भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।














