सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं। सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची छ ।

यस्तै, राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १:१५ बजे सिहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : चैत्र २५, २०८२ बुधबार  ७ : ५० बजे