कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन् ।

बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने छ ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : चैत्र २५, २०८२ बुधबार  ११ : ३० बजे