उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको उम्मेदवारी



काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छिन् ।

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हून् ।

रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिएकी छिन् ।

प्रकाशित मिति : चैत्र २६, २०८२ बिहीबार  २ : ५४ बजे