काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएका विवरण सरकारले सार्वजनिक गरेको हो ।
सरकारले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सरकारले सार्वजनिक यरेको सम्पत्ति विवरण अनुसर प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रकम रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले उक्त रकमको स्रोत सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।
शाहको सम्पत्ति विवरणमा उनको सामाजिक सञ्जाल पनि उल्लेख गरिएको छ । प्रधानमन्त्री शाहले आफ्नो फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्स ९ट्वीटर० मा ५ लाख फलोअर्स रहेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले सुन, चाँदी र हिरालगायतका गरगरहना १९० तोला गरगहना रहेको पनि खुलाएका छन् । उनले उक्त सम्पत्ति प्राप्तिको स्रोत भने पैत्रिक सम्पत्ति रहेको बताएका छन् ।
तेस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले ललितपुर, काभ्रे, सानेपा र बन्दिपुरमा घर तथा अपार्टमेन्ट रहेको सम्पत्ति विवरण बुझाएका छन् ।
गृहमन्त्री सुधन गुरुङले धनकुटा, चितवन, गोरखामा जग्गा रहेको उल्लेख गरेका छन् । उनले धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।
तेस्तै शिक्षामन्त्री सस्मित पोखरेलको बैंकमा रहेको सेयर र विविध कम्पनीका सेयरहरुसहित सम्पत्ति कूल २४ करोड १६ लाख रहेको विवरण दिएका छन् ।
तेसैगरि कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चितवन र काठमाडौंमा घरसहित १५ तोला सुन र १० तोला चाँदी रहेको विवरण बुझाएकी छन् ।
गौतमले बुझाएको सम्पत्ति विवरणमा श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौं महानगरपालिका ३ र भरतपुर महानगरपालिका १५ चितवनमा घर रहेको उल्लेख छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेकी सीता वादीले आफ्नो सम्पत्ति विवरणमा २० वटा कुखुरा, एउटा कुकुर र एउटा स्कुटर रहेको उल्लेख गरेकी छन् ।
मन्त्री वादीले आफूसँग तीनवटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको उल्लेख गरेकी छन् ।
तेस्तै भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्ससहित ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ ।
उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् । त्यस्तै उनले विभिन्न बैंकमा छड लाख ६४ लाख ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।
उनीसँग गाडी, स्कुटर र इभी गाडी सेयरमा १ ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ ।














