काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ ।
उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ ।














