काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपश्चात् पहिलो शिष्टाचार भेट गरेकी छन् ।
आज सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेटघाट भएको हो ।
सभामुखको सचिवालयका अनुसार आज भएको भेटमा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।














