काठमाडौं । मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।
नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो ।
नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र सङ्कल्प गर्ने गरिन्छ । वर्षको पहिलो दिन भगवानसँग आफूले चिताएको मनोकामना पुरा होस् भन्ने कामनासहित श्रद्धालु तथा भक्तजनहरु विभिन्न मठमन्दिर जाने परम्परा छ ।














