फुटको संघारमा कांग्रेस : देउवा पक्षलाई सभापति थापाको चेतावनी,बिबाद मिलाउने प्रयास समेत फिका



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने अडान लिईरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

सभापति थापाले मंगलवार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर आफ्नो क्रियाशील सदस्यताको अध्यावधिक सुरु गर्दै जरा अभियानको शुभारम्भ गरे ।

सभापति थापाले सञ्चारकर्मीहरुमाझ पार्टीको जरा अभियानमा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

पार्टीका नेता पुर्ण बहादुर खड्रकाले यसअघि कार्यबाहक सभापतिको हैसियतमा कांग्रेस केन्द्रिय समितिको लेटरप्याड प्रयोग गरेपछि कांग्रेस केन्द्रिय समितिले चेतावनि दिएको थियो ।

खड्रकाले पछिल्लो समय पनि कार्यबाहक सभापतिको हैसियतमा कांग्रेस केन्द्रिय समितिको लेटरप्याड प्रयोग गरेका छन् भने शेरबहादुर देउवा पक्षले कांग्रेस केन्द्रिय समितिले थालेको कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक अभियान लाई नै अबैध भन्दै बिरोध गरिरहेको छ । देउवा पक्षले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने अडान लिईरहेको छ ।

सभापति थापाले भने नँया वर्षको सुरुवातमै पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने भनेका छन् । उनले देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् ।

कांग्रेसभित्रको बिबादको पछिल्लो शृङ्खलालाई मिलाउने प्रयास समेत फिका देखिएको छ ।

पछिल्ला घटनाहरु हेर्दा कांग्रेस फुटको संघारमा पुगेको विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : बैशाख १, २०८३ मंगलबार  ७ : १२ बजे