कांग्रेसको आधिकारिकता विवाद मुद्दा न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा



काठमाडौँ । नेपाली कांग्रेसका गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

निर्वाचन आयोगले गगन पक्षलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै दायर गरिएको रिटमा यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीहरूलाई सूचना दिन आदेश दिएको थियो।

प्रकाशित मिति : बैशाख ३, २०८३ बिहीबार  ११ : ४८ बजे