काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गरेका छन् ।
बिहीवार संघीय संसद सचिवालयमा उनले उम्मेद्वारी दर्ता गराएका हून ।
नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । खड्कालाई विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् ।
यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि सार्वजानिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।














