आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछः सभामुख अर्याल



काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हून् ।

सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गरे । उनले सञ्चारकर्मीहरुलाई आफूले संसदमा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे ।

सभामुख अर्यालले भने, ‘नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अवको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ ।’

उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाए ।

प्रकाशित मिति : बैशाख ४, २०८३ शुक्रबार  ३ : ०७ बजे