काठमाडौं । नेपाली काँग्रेसको देउवा पक्षले सर्वोच्च अदालतले आधिकारिता गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहलाई दिने फैसला स्वीकार्ने निर्णय गरेको छ ।
शुक्रवार सर्वोच्चको फैसला आएपछि शनिवार काठमाडौंको गोल्फुटारस्थित पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा निःवर्तमान पदाधिकारी र केन्द्रिय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
नेता पूर्णबहादुर खड्काको निवासमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता डा। प्रकाशशरण महतले सर्वोच्च अदालतको फैसला स्वीकार्ने र पार्टीको १५ औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रश्ताव गर्ने निर्णय भएको जानकारि दिए ।
यस्तो संयन्त्रले सम्पन्न गर्ने अधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व उनको भनाइ छ ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मिन विश्वकर्माले सर्वोच्चको फैसलालाई आफूहरूले स्वीकार गर्ने र अब पार्टी एकता कायम राख्ने जिम्मेवारी नयाँ सभापति गगन थापाको काँधमा आएको बताए ।














