प्रतिनिधि सभा नियमावलीको निर्माण अन्तिम चरणमा, महाअभियोगको विषय टुंग्याउन बाँकी



काठमाडौ । प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहेपनि अन्य सबै विषय टुंगोमा पुगेको जनाएको छ ।

समितिका सभापति गणेश पराजुलीले मस्दौदा निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनले अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबारको बैठकमा सबै विषय टुंगोमा पु¥याएर मस्यौदालाई अन्तिम रुप दिने बताए । उनकाअनुसार महाभियोग लगायत केही संवेदनशील विषय अझै बाँकी छन् ।

समितिले पाएको १४ दिने समयसीमा मंगलवार सकिँदैछ ।

प्रकाशित मिति : बैशाख ६, २०८३ आईतबार  ५ : ५५ बजे