भूपदेव शाह बने रास्वपाको महामन्त्री,सचिवालयमा दुई जना थपिए



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा जारी केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै रास्वपाको सचिवालय विस्तार गरिएको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा दुई जना सदस्य थप गरिएको प्रवक्ता मनिष झाले बताए ।

यो सँगै रास्वपाको सचिवालय संख्या १६ पुगेको छ । यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए ।

झाका अनुसार सागर ढकाल र सरिता श्री ज्ञवालीलाइ सचिवालयमा छानिएको छ ।

प्रकाशित मिति : बैशाख ७, २०८३ सोमबार  ७ : ३१ बजे