काठमाडौं । बिबादास्पद व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाइ अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
बिबादास्पद व्यवसायीद्वय भट्ट र अग्रवालमाथि सम्पत्ती शुद्धीकरण मुद्दामा अनुसन्धान चलिरहेको छ ।
भट्ट र अग्रवालमाथि सम्पत्ती शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दा अन्य व्यवसायि तथा बिभिन्न व्यवसायि संस्था समेत जोडिएपछि उनिहरुमाथिको लम्बीएको बताइएको छ ।














