राष्ट्रपति पौडैलले गरे संसद्का दुवै सदनको अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले सरकारको सिफारिसमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उललेख गरिएको छ।

संसद्को यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ भित्र संसद्बाट बजेट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ । बजेट पारित त्यस अघि संसद्मा प्रि बजेट छलफल हुनेछ ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा गत चैत १८ गते संसद्को अधिवेशन अन्त्य गरेका थिए ।

प्रकाशित मिति : बैशाख ९, २०८३ बुधबार  ६ : २८ बजे