काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला बोलाएका छन् ।
उनले १५ वैशाखका लागि आफ्नो समुहको भेला डाकेका हुन् ।
नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए ।
खड्काको सचिवालयले पनि समूहको भेला बोलाइएको पुष्टि गरेको छ । सचिवालयका अनुसार ६ गतेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले समूहको भेला बोलाएका हुन् ।














