न्यू सञ्चार,काठ्माण्डौ-
नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।
दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ ।
यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरीद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ










