महावीर पुनले गरे सम्पत्ति विवरण सार्वजनिक,३ तोला सुन, २९ लाख बैंक व्यालेन्स



काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बुधवार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो सम्पत्ति विवरणमा कास्कीमा चार कित्ता गरेर करिब २८ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । उनले सो जग्गा स्वआर्जनबाट किनेको र अमेरिकाबाट फर्किदा बचेको पैसाले किनेको उल्लेख गरेका छन् । साथै उनीसँग करिब ३ तोला सुन रहेको र सो सुन श्रीमतीको रहेको विवरणमा उल्लेख गरेका छन् ।

त्यसैगरी उनले आफूसँग चुनावको समयमा उठेको बचत रकम २५ लाख र विभिन्न व्यक्तिहरुले सहयोग गरेर आफ्नो खर्चको लागि राखेको ४ लाख बैंकमा रहेको समेत उल्लेख गरेका छन् ।

त्यसैगरी पुनले आफ्नो आत्मकथा अहिलेसम्म २ लाख ५० हजार प्रति बिक्रि गरेको र सो रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगन्ज कृषि औजार कारखाना संचालन गर्न राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरिरहेको र आउदो दिनमा पनि किताब बिक्रीको रकम सोहि खातामा जम्मा गर्ने बताएका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०८३ बुधबार  १२ : ३२ बजे