काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधानका लागि सरकारले अध्यादेश ल्याएको बताएका छन्।
सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको हो।
सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालका नभएको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले बताए। उनका अनुसार, सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालका छैनन् ।आम नागरिकको म्यान्डेट छिटो काम गर, भन्ने छ । हाम्रो कानुनको झमेला हेर्दा यो न्युनतम पनि ३-४ महिना लाग्ने देखिन्छ । जुन कुरा एक सटमा हुनुपर्छ,’ उनले उदाहरण प्रस्तुत गर्दै भने, ‘सडकको बीचमा रहेको रुख किन नकाटेको भन्ने कुरा आम नागरिकले उठाउँछन् । तर त्यो प्रक्रिया टुंग्याउँदा ५-६ महिना रुख काट्न नै लागेको देखिन्छ । त्यस्ता चिजलाई सम्बोधन गर्नुपर्छ भन्ने भएर अध्यादेशको काम गर्न लागेको छ ।’
उनले झन्झटिला प्रक्रियालाई छरितो गर्न पनि अध्यादेश ल्याइएको बताए ।














