जन्मभूमि सम्झदै जापान बस्नेहरु



मंसिर,१३  ओखलढुंगा –

व्यक्तिगत करिअर निर्माण र आर्थिक उपार्जन गर्नका लागि विदेशिएका नेपालीहरुले पछिल्लो समयमा जन्मभूमिलाई सम्झन थालेका छन् ।

जिवनमा केही आर्थिक उपार्जन गर्नु पर्छ र मात्रै समाजमा योगदान गर्न सकिन्छ भन्ने भावका साथ विदेशिएका नेपालीहरुले कयौं दुख कष्ट खेपेरपनि जन्मभूमिलाइ सम्झदै असाहय र विपन्न नागरिकलाई सहयोग गर्न थालेका हुन् ।

ओखलढुंगा सेवा समाज जापानले ब्लड प्रेसरबाट पिडित ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ निवासी सन्तुमाया राई लाई ५४ हजार रुपौंया सहयोग गरेको छ ।

केही दिन अघि प्रेसरले हानेर ढलाएपछि राई लाई अचेत अवस्थामा हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको थियो । राईको हाल दिर्घायु अस्पताल चावहिलमा उपचार भैरहेको छ । उनको उपचार सहयोगार्थ पठाएको ५४ हजार रकम नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति तेजेन्द्र खनालले विहिबार विरामीलाई हस्तान्तरण गरे । प्राप्त रकम हस्तान्तरण गर्दै उपसभापति खनालले विदेशमा रहेर ओखलढुंगाका नागरिकको दुखमा साथ दिने सहयोगि मनहरुलाई हार्दीक आभार व्यक्त गरेका छन् । नेपाल र विशेष गरी ओखलढुंगाका नागरिकलाई जुन खालको सहयोग गर्ने प्रतिवद्धताका साथ ओखलढुंगा सेवा समाज जापानले काम सुरु गरेको छ त्यो नै जिल्लाका लागि ठुलो सहयोग हुने खनालले बताए ।

सन्तुमायाको उपचारार्थ सहयोग गर्ने जापान निवासी ओखलढुंगेहरुमा सोभा माया राई १०,०००।– नासीब राई १०,०००।– यूनीसा राई ६०००।– सागर राई ५०००।–सन्तोष बानिया ३०००।– बिमल कार्की २०००।– बिष्णु चौलगाई २०००।– सीमा के सी ३०००।– आरोहि घिमिरे २०००।– नबराज गÞुरुङ ३०००।– राजन तिमिल्सिना २०००।– धन थापा २०००।– राजेश खत्री २०००।– र फणिन्द्र पोखरेल २०००।– हरेका छन् । आफ्नो जन्मभूमिमा रहेर दुख पाएका विभिन्न विरामी तथा विपन्न, असाहयहरुलाई सहयोग गर्ने संस्थाको उद्देश्य रहेको ओखलढुंगा सेवा समाज जापानका अध्यक्ष सन्तोष बाँनीयाले बताए ।

जापानमा बसोबास गर्ने नेपालीहरुले सेवा समाज स्थापना गरेर जापान र नेपालमा जो कोही लाई दुख पर्दा सहयोग गर्ने उद्देश्य राखेको उनको भनाइ छ । यस संस्थाले नेपाल मात्र नभएर जापान मा हूने सदस्य लाईं समेत दुःख पर्दा सहयोग गर्न सक्ने बाँनीयाले जानकारी दिए । जापान बस्ने नेपालीहरुले व्यत्तिगत रुपमा संस्थामा जम्म गरेको रकमबाट आर्थिक समस्या समाधान लागी ठुलो सहयोग पुग्ने समाजका सदस्य नासिव राइले बताए ।

उनिहरुले ओखलढुंगा सेभिङ एण्ड क्रेडिट फाइनान्सको समेत स्थापना गरेका छन् । सहकारीको नियम अनुसार जिल्लाका दुखीत पिडित नागरिकको आर्थिक समस्या समाधानमा लागिपर्ने अध्यक्ष बाँनीयाको भनाइ छ ।

 ओखलढुंगा सेवा समाज जापानकाद्धारा संकलीत रकम विरामी सन्तुमाया राईलाई हस्तान्तरण गर्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति तेजेन्द्र खनाल –

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  ७ : ०१ बजे