काठमाडौं । सरकारले बल्खु क्षेत्रमा रहेका अनधिकृत संरचना र सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अगाडि बढाएसँगै स्थानीय बासिन्दाहरूले सरकारको यस कदमप्रति तिब्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
बल्खुस्थित सुकुम्बासी बस्तीमा सात जनाको परिवारसहित बसोवास गर्दै आएका अम्बिका पुरीले सरकारले कुनै पूर्वसूचना नदिई एक्कासि बस्ती हटाउन खोजेको भन्दै दुःख व्यक्त गरे ।
उनले सरकारले विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा पु¥याएको आरोप लगाए। उनले सरकारको पछिल्लो कदमप्रति असन्तोष व्यक्त गरे ।
विगतमा निकै मेहनत गरेर बसोवासको व्यवस्था मिलाएको उल्लेख गर्दै उनले सरकारले सुकुम्बासी बस्ती भत्काउनुअघि उचित व्यवस्थापन वा अर्को जग्गाको व्यवस्था गर्नुपर्ने माग गरे ।
प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले शुरुमा केही राम्रो काम हुने आशा पलाए पनि अहिले आफूहरू बिचल्लीमा परेको बताए । ।














