१३ मंसिर, काठमाडौं
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडी प्रतियोगिता सञ्चालनका लागि स्वीमिङ पुल निर्माणको काम सकिएको छ ।
काम सकिए सगै शुक्रबारसम्म स्वीमिङ पुलमा पानी राखिनेराष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
स्वीमिङ पुलमा १३ लाख लिटर पानी भरिन करिब ११ घण्टा लाग्नेछ । शनिबारसम्ममा स्वीमिङ पुल पौडीका लागि तयार हुनेछ ।
स्वीमिङ पुलका लागि आवश्यक पानी रिजर्भ ट्यांकीमा राखिसकिएको छ । पानी तताएर फिल्टर गरेपछि पोखरीमा राख्ने राखेपको तयारी छ ।










