काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने सदस्यको मापदण्ड निर्धारण गरेको छ।
आइतबार केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकबाट यस्तो निर्णय गरिएको हो ।
आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने छ।
रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर(उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाएको प्रवक्ता मनिष झाले बताए।














