राजनीतिक नेतृत्वको प्रतिवद्धताले निजी क्षेत्रको खस्किएको आत्मविश्वास बढ्नेछः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिवद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनस्र्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताएका हून् ।

उनले भने, ‘पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास केही कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणाले सकारात्मक सन्देश दिएको छ । यसले आगामी दिनमा थप लगानी भित्र्याउन, व्यावसायिक क्रियाकलाप विस्तार गर्न र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ ।’

उनले रोजगारी सिर्जना, राजश्व वृद्धि र मुलुकको समग्र पूर्वाधार विकासमा निजी क्षेत्रको अहं भुमिका रहने उल्लेख गर्दै नेतृत्वबाट प्राप्त सकारात्मक सन्देशले उद्योगी व्यवसायीमा नयाँ उत्साह सञ्चार गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : बैशाख २०, २०८३ आईतबार  ५ : ०५ बजे