नेपाललाई भारतको जवाफ- लिपुलेक हुँदै मानसरोवर जाने बाटो पुरानो हो, नयाँ विषय होइन



काठमाडौँ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालद्धारा जारी विज्ञप्तिमा कैलाश मानसरोवर यात्राका लागि उक्त मार्ग ऐतिहासिक मार्ग भएको दावी गर्दै सोही मार्ग भएर कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको जवाफ फर्काएको हो ।

चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो। 

जवाफमा भनिएको छ, ‘यस विषयमा भारतको धारणा सधैं स्पष्ट र स्थिर रहँदै आएको छ। लिपुलेक पास सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि लामो समयदेखि प्रयोग हुँदै आएको मार्ग हो र यस मार्ग हुँदै यात्रा दशकौँदेखि सञ्चालन हुँदै आएको छ। यो कुनै नयाँ होइन।’

प्रकाशित मिति : बैशाख २१, २०८३ सोमबार  ८ : ५२ बजे