प्रधानमन्त्रीलाई घनश्याम भुसालको चेतावनी: ओलीको जस्तै नियति भोग्नु नपरोस्



काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् ।

बुधवार काठमाडौंको बबरमहलस्थित सडकमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री साह शक्तिशाली प्रधानमन्त्री रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको पनि बताए ।

उनले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न सुझाएपनि त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले पनि त्यसबाट पाठ सिकेर अघि नबढे सोही हालत व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए।

कार्यवाहक अध्यक्ष भुसालले प्रधानमन्त्री साहलाई इतिहासलाई गिज्याउने खालको काम नगर्न पनि सचेत गराए ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  २ : ५६ बजे