काठमाडौँ । पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।
रिटमाथि सुनुवाइका निम्ति शुक्रबार (वैशाख २५)लाई पेसी तय गरिएको छ ।














