राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

प्रकाशित मिति : बैशाख २५, २०८३ शुक्रबार  १ : ३७ बजे